अक्षर लेख्न नसकेको भन्दै छात्रलाई निर्घात कुट्ने शिक्षिका पक्राउ
▸ यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिदिम नगरपालिका–१४ मा सञ्चालित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत साढे चार वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको समाचार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›