सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा सरकारले संवेदनशील निकायमा भ्याकुम बनाएको आरोप
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गर्नुभएको छ। उहाँले ती आयोगजस्ता संवेदनशील निकायमा पनि पदाधिकारी हटाउँदा शान्ति प्रक्रियाका बाँकी कामलाई किनारा लगाउन ढिला हुने बताउनुभयो। द्वन्दका पीडितको दीर्घकालीन सङ्घर्ष निकै लम्बिएको र उनीहरू न्याय पाउनबाट वञ्चित रहेको उहाँको भनाइ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›