बाँकेमा लु र तातो हावा, जनजीवन अस्तव्यस्त
बाँके जिल्लामा केही दिनयता तातो हावा (लु) चल्न थालेपछि भीषण गर्मी बढेको छ र जनजीवन अस्तव्यस्त बनेको छ । आगोजस्तै पोल्ने तातो हावाका कारण बाँकेसहित पश्चिम नेपालका तराई क्षेत्रका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । चिकित्सकहरूले दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न तथा अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने र हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›