पर्यटनसँग जोडिँदै रेडपाण्डा संरक्षण, म्याग्दीमा ‘क्यामेरा ट्र्यापिङ’ अभियान सुरु
▸ यस स्टोरीको अंश: म्याग्दीमा रेडपाण्डाको अवस्था पहिचान गर्न क्यामेरा ट्यापिङ र परजीवी अध्ययन सुरु
हिमाली जैविक विविधताको महत्वपूर्ण आकर्षण मानिने दुर्लभ रेडपाण्डा (हाब्रे) को अवस्था अध्ययन गर्दै पर्यावरणीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दीको धौलागिरि क्षेत्रमा क्यामेरा ट्र्यापिङ अभियान सुरु गरिएको छ। धौलागिरि गाउँपालिका अन्तर्गत पर्ने जलजला क्षेत्र र ढोरपाटन शिकार आरक्षण आसपासका वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेर रेडपाण्डाको गतिविधि निगरानी थालिएको हो। जैविक विविधता संरक्षण समाज नेपाल (बायोकस नेपाल) ले अन्तर्राष्ट्रिय दातृ संस्था टोलेडोजुको सहयोगमा यो कार्यक्रम सञ्चालन गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›