एल.के.जी.मा पढ्ने बालकलाई कुटपिट गर्ने शिक्षिका सुबित्रा सेन्दाङलाई प्रहरीले पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रमोद कुमार ठाकुर पक्राउ
पाँचथर जिल्लाको फिदिमस्थित न्यु लुडरुपा बोर्डिङ स्कुलमा एल.के.जी.मा अध्ययनरत ४ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छन्। पढाइका क्रममा लेख्न नसकेको भन्दै बालकलाई घाइते हुनेगरी कुटपिट गरेको आरोपमा सोही विद्यालयकी शिक्षिका सुबित्रा सेन्दाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। घटनापछि बालकको स्वास्थ्य परीक्षण गरिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित