रास्वपाको महाधिवेशन तयारी कार्यतालिका : जेठ ७ देखि असार ५ सम्म

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा अध्ययन गर्न समिति गठन
nayapage.com · 3 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी 'प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन' को तयारी कार्यतालिका टुङ्ग्याएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक एवं प्राविधिक कामहरूको समयसीमा तोकेर कार्यतालिका स्वीकृत गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा जारी आधिकारिक पत्रअनुसार महाधिवेशनका मुख्य गतिविधिहरू जेठ ७ गतेदेखि नै प्रारम्भ भइसकेका छन्। कार्यतालिकाअनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, र अधिवेशन प्रतिवेदन संकलन लगायतका कार्यहरू निर्धारित समयसीमाभित्रै सम्पन्न गरिनेछ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू