रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा देशभर वडा अधिवेशन सम्पन्न, केन्द्रीय महाधिवेशनको तयारीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर वडा अधिवेशन गर्दै छ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ । पालिका अधिवेशन जेठ ९ र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते, प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म र प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित