कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीको मलेसिया प्रवास समितिले जुन १ मा दोस्रो अधिवेशन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन्। वैशाख २२ गते निधन भएका राईको पार्थिव शरीर २१ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। सांसद तामाङले परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायलाई तत्काल शव ल्याई परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन आग्रह गरिन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित