सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन ‘मोफा मित्र’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले एपको शुभारम्भ गर्दै यसले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारी सेवामा सहज पहुँच उपलब्ध गराउने बताएका छन्। एपमार्फत अनलाइन निवेदन दर्ता, गुनासो राख्न र सम्बन्धित नियोगसँग समन्वय गर्न सकिनेछ।