भदौ २४ को हिसाबकिताब हुन बाँकी छ, सरकारले आयोगलाई दबाब दियो : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् । शनिबार (जेठ ९) मोरङको विराटनगरस्थित कोइरालानिवास पुगेका उनले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताएका हुन् । भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको उनले स्वीकार गरे । उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›