डाबर नेपालको ‘मह’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश
▸ यस स्टोरीको अंश: हानिकारक जीवाणु भेटिएको नोभा आइसक्रिम बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
डाबर नेपालद्वारा उत्पादित ‘डाबर हनी’ को एक ब्याच गुणस्तरहीन पाइएपछि बजारबाट तत्काल फिर्ता गर्न सरकारले आदेश दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा उक्त मह न्यूनस्तरको पाइएपछि यस्तो कदम चालिएको हो । विभागले सूचना जारी गर्दै डाबर नेपालको ५०० ग्रामको ‘हनी’ (ब्याच नं. एनबी००४७७) खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›