कान्समा नेपाली सिनेमाको गौरव : ‘एलिफेन्ट्स इन द फग’ले विश्व रंगमञ्चमा बनायो इतिहास
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरवचलचित्र ‘एलिफेन्ट्स इन द फग’ले कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी अवार्ड जित्न सफल भएको छ । यो उपलब्धिलाई नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले यस उपलब्धिले नेपाली चलचित्र क्षेत्रको सिर्जनात्मक क्षमता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता तथा कलात्मक उचाइलाई विश्वसामु उजागर गरेको उल्लेख गर्नुभएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्सका मेयर डेभिड लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिभलमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›