स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचनाको तयारी, आर्थिक भार घटाउँदै सेवालाई दिगो बनाइने
▸ यस स्टोरीको अंश: प्रेम खत्रीले गोरखाका दुई स्वास्थ्य केन्द्रलाई ८० लाखका प्रयोगशाला उपकरण सहयोगसरकारले हाल चरम आर्थिक संकट र व्यवस्थापकीय चुनौती झेलिरहेको स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको पुनर्संरचना गर्ने विषय उल्लेख भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको विस्तृत कार्ययोजना तयार पार्न थालेको हो । यस पुनर्संरचनाको मुख्य उद्देश्य बीमा प्रणालीमा देखिएको बढ्दो आर्थिक भार कम गर्नु, चुहावट नियन्त्रण गर्नु र जनतालाई दिइने स्वास्थ्य सेवालाई थप प्रभावकारी एवं दीर्घकालीन रूपमा दिगो बनाउनु रहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›