निर्माण क्षेत्रलाई संकटबाट निकाल्न सरकारसँग चेम्बरको आग्रह

यस स्टोरीको अंश: निर्माण क्षेत्रको संकट समाधान गर्न सरकारसँग चेम्बर अफ कमर्सको आग्रह
www.capitalnepal.com · 7 घण्टा अघि

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण निर्माण व्यवसायीहरू गम्भीर समस्यामा परेको भन्दै नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्व युद्धको प्रभावले निर्माण सामग्री, डिजेल तथा ढुवानी खर्चमा भएको निरन्तर मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू आर्थिक संकटमा परेको उल्लेख गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालद्धारा हस्ताक्षरित विज्ञप्तीमा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएको मूल्य समायोजनको प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन् बढेको चेम्बरले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू