दक्षिण एसियाली पदक विजेता निश्चललाई आरम्भ संस्कार विद्यालयद्वारा सम्मान
▸ यस स्टोरीको अंश: कोहलपुर नगरपालिकाद्वारा लगातार पाँचौ पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जित्यो
दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्न सफल निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार विशेष सम्मान गरेको छ । भारतको सिम्लामा आयोजित प्रतियोगितामा निश्चलले एक रजत तथा एक कांस्य पदक हात पारेका थिए । विद्यालयका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले संयुक्त रूपमा निश्चललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›