जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ
▸ यस स्टोरीको अंश: नख्खु कारागारबाट भागेका कैदी नरेन्द्रसिंह रतोकी बैतडीबाट पक्राउ
नख्खु कारागार काठमाडौंबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। बैतडीको पुर्चौंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। रतोकी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›