नीतिगत अस्पष्टताका कारण मोबाइल व्यवसायीले दुःख पाइरहेका छन् : रमेश कुमार घिमिरे
▸ यस स्टोरीको अंश: मोबाइल व्यवसायी एमआरपी कार्यान्वयनमा जटिलता र त्रासको गुनासो गर्छन्
नेपाल मोबाइल व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रमेश कुमार घिमिरेले सेकेण्डह्याण्ड मोबाइलको वैध कारोबार नहुँदा र अनलाइन पेमेन्ट सिस्टमका कारण व्यवसायीहरुले दुःख पाइरहेको बताएका छन् । चोरीका मोबाइल सेटबाट अनलाइन पेमेन्ट गर्दा समेत व्यवसायीहरुले अनावश्यक दुःख पाएको र साइबर ब्यूरोसम्म धाउनुपर्ने अवस्था आएको पनि बताए । हालै काठमाडौंमा सम्पन्न भएको नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशनबाट दुई बर्षको कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका घिमिरेले विगत दुई बर्षदेखि व्यवसाय पनि ओरालो लागेको दुखेसो गरे ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›