मध्यपूर्वको परिस्थिति सुधारोन्मुख, कन्ट्रोल रुमको समय घटाइयो
▸ यस स्टोरीको अंश: कुवेतले जुन १ देखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने
नेपाल सरकार मध्यपूर्व क्षेत्रको पछिल्लो राजनीतिक तथा सुरक्षा घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ र सार्थक वार्ताको सम्भावना बलियो बन्दै गएको मूल्यांकन गरेको छ । विश्वव्यापी शान्तिका लागि भइरहेका कूटनीतिक प्रयासहरूलाई सफल पार्नु, स्ट्रेट अफ हर्मूज्को अवरोध खुलाउनु र त्यस क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु नै हालको सर्वाधिक आवश्यकता रहेको भन्दै नेपालले यसका लागि जारी द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको समर्थन गरेको छ । मध्यपूर्वमा कार्यरत नेपाली नागरिकहरूको अवस्था सामान्य रहेको र उनीहरूको सुरक्षा तथा हितका विषयमा सरकार निरन्तर सजग रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित