अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो छ : मन्त्री खनाल
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा कच्चा तेलको मूल्य दुई सातायताकै न्यून बिन्दुमा
परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो औँल्याए। मन्त्री खनालले वैदेशिक लगानी, पर्यटन विकास र प्रवर्द्धन, प्रविधि स्थानान्तरण र नेपाली उत्पादनको बजार पहुँचको लागि अन्तर्राष्ट्रिय साझेदारीलाई सक्रिय रूपमा उपयोग गर्न परम्परागत दृष्टिकोण रूपान्तरण हुनुपर्ने बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›