सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

यस स्टोरीको अंश: काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३औँ संस्करण सुरु
www.reportersnepal.com · 1 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गरेका छन् । सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै यो विधेयक अघि बढाएको हो । विधेयकले चलचित्र क्षेत्रलाई मनोरञ्जनको माध्यमका साथै सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्ने, नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने र बक्स अफिस प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू