स्वेच्छिक अवकाश रोज्ने कर्मचारीका लागि विशेष बजेट व्यवस्था गर्दै सरकार
▸ यस स्टोरीको अंश: सरकारले राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने घोषणा
सरकारले स्वेच्छिक अवकाश लिन चाहने निजामती कर्मचारीका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत विशेष व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संघीय संसद्मा प्रस्तुत गर्ने बजेटमा यससम्बन्धी व्यवस्था समेट्ने तयारी गरिएको छ । सरकारले प्रशासनिक सुधारअन्तर्गत खर्च कटौती र राज्य संरचना छरितो बनाउने नीति अघि बढाएको छ । यसका लागि आवश्यक अतिरिक्त रकम अर्थ मन्त्रालयअन्तर्गतको “अर्थ विविध” शीर्षकमा राखिने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित