पाठेघर क्यान्सरसम्बन्धी शिविरमा २०५ जनाले सेवा लिए
▸ यस स्टोरीको अंश: भजनी र लालझाडीले विपद्मा नसर्ने रोगको प्रतिकार्य कार्यक्रम नीतिमा समावेश गर्ने
गुल्मीको इस्मा गाउँपालिकाले दुई छुट्टाछुट्टै वडामा महिलाका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन गरेको छ । यस गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरस्थित हस्तिचौर स्वास्थ्य चौकी र वडा नम्बर ४ दोहलीस्थित दोहली स्वास्थ्य चौकीमा यो शिविर सञ्चालन गरिएको इस्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वटै स्वास्थ्य चौकीमा भएको निःशुल्क पाठेघरको मुखको क्यान्सरसम्बन्धी स्क्रिनिङ शिविरमा २०५ जना महिलाहरुले सेवा लिनुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›