डेढ करोडमा बनेको भवन पोखरा महानगरलाई हस्तान्तरण
▸ यस स्टोरीको अंश: पोखरा महानगरलाई डेढ करोडको भवन हस्तान्तरण
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले शनिबार पृथ्वीचोकमा संस्थाले बनाएको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । २०६८ सालमा एक करोड ५३ लाखमा बनाइएको पक्की भवन महासङ्घले समितिका अध्यक्षसमेत रहनुभएका पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभयो । महासङ्घ गण्डकी अध्यक्ष रुद्र गौतमले भवनको साँचो हस्तान्तरण गर्दै मजदुरको श्रमदान र पोखरेलीको सहयोगमा बनेको भवन सदुपयोग गर्न आग्रह गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›