सुशासन र समृद्धिका लागि राजनीतिक आचरणमा आमूल परिवर्तन आवश्यक : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
www.makalukhabar.com · 10 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रलाई बलियो बनाउनुपर्ने बताए । उनले आर्थिक विकास र समृद्धिलाई नागरिकको जीवनसँग जोड्न सकिए मात्र शासन व्यवस्थाप्रति जनविश्वास बढ्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू