प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित