‘संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्’- भीष्मराज आङ्देम्बे
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, कांग्रेसलाई नयाँ सोच र संकल्पसहित रूपान्तरण गर्छौं
नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्याभन्दा पनि उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् । शनिबार आयोजित नेपाल थारु संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा काँग्रेसको संख्या कम भए पनि आफूहरूले उठाउने जनसरोकारका मुद्दा प्रभावकारी हुने बताए । संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उल्लेख गर्दै संसदीय दलका नेता आङ्देम्बेले संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काँग्रेसले आफ्नो भूमिका सशक्त रूपमा निर्वाह गर्ने स्पष्ट गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित