८ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ आवेदन, त्रिविमा सबैभन्दा बढी आकांक्षी
▸ यस स्टोरीको अंश: आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदनमाथि छानबिन सुरु
देशका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएकामा कुल २१८ जनाले उम्मेदवारी दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधिअनुसार खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाइएको हो । त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा धेरै ५० जनाले उपकुलपति बन्न आवेदन दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›