लुम्बिनीमा मन्त्रालय संख्या घटाइँदै, साउनदेखि ८ वटा कायम गरिने

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्रालय संख्या ८ मा झार्ने र यातायात सेवा विस्तार गर्ने निर्णय
www.onlinepana.com · 1 हप्ता अघि

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्ने गरी तयारी अघि बढाएको छ। हाल १२ मन्त्रालय रहेकोमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ। बैठकले सवारीसाधन नवीकरण तथा पटके सेवा सञ्चालनसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू