श्रीलंकामा नेपाल सरकारको ८६ करोड रूपैयाँको जग्गा थाहै नदिइ २ पल्ट बिक्री

यस स्टोरीको अंश: श्रीलंकामा नेपाली दूतावासको ८६ करोडको जग्गा दुई पटक बिक्री भएको खुलासा
clickmandu.com · 2 हप्ता अघि

श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली दूतावास निर्माणका लागि खरिद गरिएको बहुमूल्य जग्गा नेपाल सरकारको जानकारीबिना नै निजी व्यक्तिलाई दुई पटकसम्म बिक्री गरिएको महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदनले खुलासा गरेको छ । सन् १९८९ मा १.५ एकड जग्गा खरिद गरिएको थियो, जसको हालको मूल्य करिब ८६ करोड नेपाली रुपैयाँ पुगेको छ । प्रतिवेदनअनुसार नेपाल सरकारले खरिद गरेको उक्त जग्गामध्ये १ एकड जग्गा सन् १९९४ सम्ममा दुई पटक निजी व्यक्तिलाई बिक्री भइसकेको पाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू