संसदमा हर्क राईः ‘कानून भएको देश, खाने नून नभएको देश !’
▸ यस स्टोरीको अंश: सांसद हर्कराज राईले संविधान र कानुन भए पनि जनताले आधारभूत आवश्यकता नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विभिन्न विकास आयोजना र जनजीविकाका मुद्दाहरूलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि धारणा राख्दै उहाँले सरकारलाई संसद्प्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको हो । उहाँले संविधान र कानून भएपनि जनताले आधारभूत आवश्यकताहरू जस्तै खानेपानी, सडक र नुन समेत सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित