सशस्त्रको तालिममा ७ जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौँ ल्याइयो
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका ६ प्रशिक्षार्थी गर्मीले बेहोस भएपछि काठमाडौं ल्याइयो
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरीको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा ७ जना जवान आधारभूत तालिमको क्रममा बेहोस भएका छन् । बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइएको छ र उनीहरूको काठमाडौंस्थित विशेषज्ञ अस्पतालमा उपचार भइरहेको छ । अन्य एक जनाको भने टिकापुर अस्पतालमा उपचार भैरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित