सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षलाई कमजोर बनाउन लाग्यो : बासना थापा [भिडियो]
▸ यस स्टोरीको अंश: कांग्रेस सांसदलाई सभामुखको आदेशबिना बैठकबाट निकालेको भन्दै कांग्रेसको विरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षीको भूमिकालाई कमजोर बनाउन लागेको आरोप लगाएको छ। मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले सरकारको पछिल्लो कार्यशैलीले संसद्को गरिमा कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएकी हुन्। संसद्मा बोल्दै प्रमुख सचेतक थापाले संसद् केवल सङ्ख्याको खेल नभई विचार, विमर्श, उत्तरदायित्व र सहमतिमा आधारित सर्वोच्च लोकतान्त्रिक संस्था भएको कुरा व्यक्त गरिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित