परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित
▸ यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका काठमाडौँको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई ‘परिवर्तन अभियान नेपाल’ले एक विशेष समारोहका बीच सम्मान गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताए । सांसद खुश्बु ओलीले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिइन् । सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›