‘अनुशासन र नैतिक मूल्य मान्यता अहिलेको आवश्यकता हो’
▸ यस स्टोरीको अंश: एसईई उत्तीर्ण विद्यार्थी सम्मानित, नेताहरूले अनुशासन र नैतिक शिक्षामा जोड दिए
विभिन्न राजनीतिक दलका नेताहरूले अनुशासन र नैतिक मूल्य मान्यता विद्यमान समाजको प्रमुख आवश्यकता भएको बताएका छन् । परिवर्तन अभियान नेपालले आयोजना गरेको एसइई परीक्षा उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा बोल्दै नेताहरूले विद्यार्थीलाई सामाजिक मूल्यका बारेमा जानकारी दिनुका साथै अनुशासनमा राख्न जरुरी रहेको बताए । कार्यक्रममा यस वर्षको एसइईमा ४ जिपिए ल्याउने र अन्य विद्यार्थीलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›