वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी काठमाडौंमा हुने
▸ यस स्टोरीको अंश: काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ प्रदर्शनी जेठ २२ देखि
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ”फिन इलेक्ट्रो–टेक २०२६“ यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । यस प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । चार दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरू, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›