प्रधानाध्यापक रैदास भ्रष्टाचारी ठहर, ६ महिना कैद सजाय

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
baahrakhari.com · 1 हप्ता अघि

कपिलवस्तुको तौलिहवास्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शुक्रबार (जेठ १) विशेष अदालतका सदस्यहरू न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले रैदास दोषी ठहर हुने फैसला गरेको हो । विद्यार्थीका निम्ति उपलब्ध गराइएको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर समेतका शीर्षकको चार लाख ४३ हजार ४३० रुपैयाँ ७५ पैसा हिनामिना गरेको उनीमाथि आरोप थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू