नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
▸ यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर
जुम्लाको पातारासी गाउँपालिका, वडा नम्बर १ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रवीणता प्रमाणपत्र तह र स्नातक तहका झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पाइएको थियो । आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबी गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित