कर्मचारीलाई कार्यालय समयभन्दा बढी काम लगाउँदा अतिरिक्त पारिश्रमिक अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन

यस स्टोरीको अंश: राष्ट्र बैंकले बैंक कर्मचारीलाई अतिरिक्त काम गराए ओभरटाइम भुक्तानी अनिवार्य गर्ने व्यवस्था गर्‍यो
biznessnews.com · 4 दिन अघि

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको कार्यसमय र पारिश्रमिकको सुरक्षा सुनिश्चित गर्न नयाँ नियम कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई स्वीकृत कार्यालय समयभन्दा बढी समय काममा खटाउँदा प्रचलित कानूनी व्यवस्थाबमोजिम अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक (ओभरटाइम भत्ता) उपलब्ध गराउनुपर्नेछ। यसका साथै वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयबाहेकको अतिरिक्त अवधिमा काम गर्न कुनै पनि बहानामा बाध्य पार्न नपाउने व्यवस्था समेत गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू