विनियोजन विधेयक–२०८३ का सिद्धान्त र प्राथमिकता दलाल पुँजीवाद र आयातमुखी आर्थिक सोचबाट प्रभावितः नेकपा
▸ यस स्टोरीको अंश: विज्ञापन नीतिका कारण आर्थिक गणनाको प्रचारमा समस्या: राष्ट्रिय तथ्याङ्क कार्यालय
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक–२०८३ का सिद्धान्त र प्राथमिकता दलाल पुँजीवाद र आयातमुखी आर्थिक सोचबाट प्रभावित रहेको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बैठकमा भाग लिँदै उनले सरकारले उत्पादनभन्दा उपभोग, श्रमभन्दा बजार, आत्मनिर्भरताभन्दा आयात तथा सामाजिक न्यायभन्दा निजी क्षेत्रलाई प्राथमिकता दिएको बताए। सांसद सुवेदीले सरकारले उत्पादनमुखी अर्थतन्त्रको कुरा गरे पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›