विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकता लक्ष्यबिहीनः नेकपा सांसद अर्याल

यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
emountaintv.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले अर्थमन्त्री डा. स्वणिम वाग्लले संसदमा प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता लक्ष्यविहीन रहेको बताउनुभएको छ । मंगलवार बसेको राष्ट्रिय सभामा विनियोजन विधेययकका सिद्धान्त र प्राथमिकतामाथी छलफल गर्दै उहाँले विधेयक दिशाहीन, लक्ष्यबिहीन र असन्तुलित रहेको बताउनुभएको हो । उपभोगमा आधारित अर्थतन्त्रलाई लगानी तथा उत्पादनमुखी बनाउने जस्ता महत्वपूर्ण विषय समेटिएपनि समग्र दस्तावेजमा स्पष्ट तालमेल र ठोस दिशानिर्देशको अभाव रहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले वर्तमान आर्थिक अवस्थालाई हेर्दा प्रश्तुत सिद्धान्त र प्राथमिकता कार्यान्वयनयोग्य नदेखिएको उल्लेख गर्दै पुँजी निर्माण तथा उत्पादन वृद्धि गर्ने स्पष्ट योजना सरकारले ल्याउन नसकेको आरोप लगाउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू