आज नेप्से परिसूचक १६.३८ अङ्कले बढ्यो
शेयर कारोबार मापक नेप्से परिसूचक आज १६ दशमलव ३८ अंकले उकालो लागेर दुई हजार सात सय ५८ दशमलव ४९ पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४० अंकले उकालो लागेर चार सय ७१ दशमलव ८९ मा पुगेको छ । कूल तीन सय ३६ कम्पनीको एक करोड आठ लाख ८८ हजार सात सय ३९ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मूल्यमा खरिद बिक्री भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›