जकिया अहमद सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनिन्
▸ यस स्टोरीको अंश: जकिया अहमद सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनिन्, सगरमाथा दिवस मनाइयो
पर्वतारोही जकिया अहमद विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनेकी छन् । हाल अष्ट्रेलियामा निर्वासित जीवन बिताइरहेकी ३० वर्षीया जकियाले गत मे २१ का दिन ८,८४८.८६ मिटर अग्लो शिखरमा पाइला टेकेर नयाँ इतिहास रचेकी हुन् । पर्वतारोही जकिया अहमदलाई अचेल ‘रिभर अहमद’ नामले पनि चिनिन्छ । आफ्नो ऐतिहासिक सफलताको अनुभवबारे बीबीसीसँग कुरा गर्दै उनले भनिन्, “विश्वको यो सर्वोच्च शिखरमा पुग्दा मैले आफूलाई निकै शक्तिशाली महसुस गरेँ ।”
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित