सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्किद्वारा सगरमाथाको सफल आरोहण
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीकी अनिता कार्की सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला बनिन्
सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही बन्न सफल भएकी छन् । उनले जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् । पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित