इन्धन भण्डारण र एआई फ्याक्ट्रीमा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गरिने
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले तीन महिनाको इन्धन भण्डारण र एआई (कृत्रिम बौद्धिकता) फ्याक्ट्रीजस्ता रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न ‘मातृभूमि कोष’ स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गर्नुभएको हो । उहाँले विदेशी ऋण वा लगानीमा सञ्चालित आयोजनामा विनिमय जोखिम न्यूनीकरण गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाइएको समेत बताउनुभयो । यसैगरी अर्थमन्त्री डा. वाग्लेले मुलुकको सार्वभौम साख मूल्याङ्कनमा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गरिने जानकारी दिनुभयो । वित्तीय क्षेत्रको सुधारका विषयमा चर्चा गर्दै उहाँले नेपाललाई ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउने घोषणासमेत गर्नुभयो । उहाँले राष्ट्रिय वाणिज्य बैङ्कमा राज्यको पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सरकारले बजेटमार्फत अघि सारेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›