सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
www.canadanepal.com · 1 हप्ता अघि

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर पाँच हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू