शिक्षक विवरणसम्बन्धी सफ्टवेयर प्रयोगबारे किताबखानाले गरायो सचेत

यस स्टोरीको अंश: राष्ट्रिय किताबखाना (शिक्षक) ले सफ्टवेयर प्रयोगबारे सचेत गरायो
prasashan.com · 3 दिन अघि

राष्ट्रिय किताबखाना (शिक्षक) ले आफ्नो अनलाइन सफ्टवेयर प्रणाली प्रयोगका सम्बन्धमा बाह्य सञ्चार माध्यममा फैलिएको सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले प्रणाली प्रयोगसम्बन्धी आधिकारिक प्रक्रिया बाहेकका सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ । हाल शिक्षकहरूको व्यक्तिगत विवरण व्यवस्थापन गर्ने सफ्टवेयर प्रणाली स्तरोन्नति (अपग्रेड) चरणमा रहेको र सोही कारण प्रणाली सञ्चालनमा केही प्राविधिक प्रक्रिया अद्यावधिक भइरहेको जानकारी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू