नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर
▸ यस स्टोरीको अंश: सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनायो, स्वयंसेविकाको यातायात खर्च बढाइयो
सरकारले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल अभिवृद्धि गर्न नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाउने तथा महिला स्वास्थ्य स्वयंसेविकालाई उपलब्ध गराइँदै आएको यातायात खर्चमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिए। मधेस प्रदेशका प्रमुख स्वास्थ्य संस्थाको पूर्वाधार विकासका साथै कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा सुरु गरिने घोषणा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›