निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाउने घोषणा, स्वास्थ्यकर्मीबारे मौन !
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणासरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा शिक्षकको सेवा–सुविधा क्रमिक रूपमा ‘सम्मानजनक’ बनाउँदै लैजाने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च राख्न तथा कार्यसम्पादनलाई थप कुशल, प्रभावकारी र जवाफदेही बनाउन सेवा–सुविधामा निरन्तर सुधार गरिने बताएका हुन् । तर बजेट वक्तव्यमा स्वास्थ्य क्षेत्रका कर्मचारी तथा स्वास्थ्यकर्मीको सेवा–सुविधाबारे कुनै स्पष्ट घोषणा नगरिएपछि चासो उत्पन्न भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित