रसुवामा ४३ हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

यस स्टोरीको अंश: रसुवाबाट ४३ हजार अमेरिकी डलरसहित सुशील गुरुङ पक्राउ, राजस्व अनुसन्धान विभाग पठाइयो
clickmandu.com · 1 दिन अघि

रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावतीबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । पासाङल्हामु सडकखण्डमा काठमाडौँबाट टिमुरेतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार एक व्यक्तिको साथबाट ४३ हजार अमेरिकी डलर बरामद गरिएको हो । पक्राउ पर्नेमा धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं. ५ बस्ने ३७ वर्षीय सुशील गुरुङ रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू