वैदेशिक रोजगार व्यवसाय कोषको करिब ८५ लाख अनुगमन तथा वैदेशिक भ्रमणमा खर्च
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन: भिजिट भिसामा गएका ९ नेपाली स्वदेश नफर्केको खुलासा
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको रकम नियमविपरीत प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय सामान खरिद र अतिथि सत्कारमा ८४ लाख ९२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ का गतिविधिलाई समेटेर हालै सार्वजनिक गरेको आफ्नो ६३औँ वार्षिक प्रतिवेदनानुसार, विभागले उक्त वर्ष धरौटीबापत प्राप्त भएको पाँच अर्ब १३ करोड रुपैयाँ विभिन्न ६ वाणिज्य बैंकको मुद्दती खातामा लगानी गरेको थियो । उक्त लगानीबाट प्राप्त ब्याज २५ करोड ८३ लाख ३४ हजारमध्ये १० करोड ६९ लाख ७८ हजार रुपैयाँ वैदेशिक रोजगार बोर्डमा पठाइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›